Dhulikhel Eco Banner new

साना किसान विकास लघुवित्तको खुद नाफामा गिरावट

4.93K
shares

काठमाडौं, १९ माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३८ करोड ९ लाख रुपैयाँ खु नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधीको तुलनामा २६.४२ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९६ करोड ८१ लाख रुपैयाँबाट ३२.४१ प्रतिशतले घटेर ६५ करोड ४३ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी ९७ करोड ४५ लाख रुपैयाँबाट ३२.८४ प्रतिशतले घटेर ६५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। योसँगै सञ्चालन नाफा पनि ७५ करोड २७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले घटेर ५४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा २.२७ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी २४.०१ रुपैयाँबाट घटेर १५.४६ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१६.४८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८७ गुणा रहेको छ।

चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ र रिजर्भ कोषमा ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको तथ्यांकले देखाएको छ।