Dhulikhel Eco Banner new

नेप्सेको ओरालो लाग्ने क्रम जारी, आज ११ अंकको गिरावट

6.23K
shares

काठमाडौं, १४ असार । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ११ दशमलव ८२ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ६१ प्रतिशतले घटेर १९२१ दशमलव बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २२ अंकले घटेको छ । दिनभर भएका २३ हजार १ सय ३२ कारोबारबाट २३० कम्पनीका ३० लाख ३७ हजार ६ सय ३० कित्ता हेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ पुगेको छ ।