Dhulikhel Eco Banner new

जलविद्युत, बन, पर्यटन लागतय क्षेत्रमा लगानी गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

6.68K
shares

ककाठमाडौं, १४ असार । नेपाल चेम्बर अफ कमर्सले अष्ट्रेलियालाई जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लागनी गर्नका लागि आग्रह गरेको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।

भेटको क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन आर्थिक साझेदारी आवश्यक रहेको बताए । अष्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको स्मरण गराउँदै अध्यक्ष मल्लले यसलाई निरन्तर्ता दिनका लागि समेत आग्रह गरेका थिए ।

उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत सहयोग गर्नका लागि राजदूतसँग आग्रह गरेका छन् । अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि पनि अध्यक्ष मल्लले आग्रह गरे ।

बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए ।

जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्बन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताए । नेपालसँगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले सधै गर्व गर्ने उनको भनाइ छ । नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्टे«लिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।