प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम म्याद
वि.सं.२०७९ असार १४ मंगलवार १७:४३
shares

काठमाडौं, १४ असार । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने असार १४ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता रू. १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
यो ऋणपत्रमा सामूहिक लगानी कोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्मको अवधि तोकिएको थियो । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असार १४ गतेसम्म बिक्री खुला गरिएको हो ।
यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।


















