Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

3.39K
shares

काठमाडौं, १ फागुन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहअन्तर्गत सहायक तथा सहायक (नगद) पदमा ६२ जना कर्मचारी माग गरेको छ।

बैंकले खुला प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्ने उद्देश्यले दरखास्त आह्वान गरेको हो। आवेदन दिन इच्छुक व्यतिले कम्तीमा प्लस टू वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ।
उमेरको हकमा १८ वर्ष पूरा गरी २५ वर्ष ननाघेको हुनुपर्नेछ।

तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। लिखित परीक्षा लोक सेवा आयोगसँग समन्वय गरी सम्बन्धित प्रदेशका तोकिएको स्थानमा सञ्चालन गरिने बैंकले जानकारी दिएको छ।