शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ फागुन ११ सोमवार १५:२२
shares

काठमाडौं, ११ फागुन । सोमवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.४१ अंकले बढेर २,६१६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब १३ करोडको कारोबार भएको हो ।
अंकले बढेको शेयर बजारमा एनआइबिएल समृद्धि फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ४.८१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ४.४२मा प्रतिशतका दरले गुमाएका छन् भने कालीका लघुवित्तका लगानीकर्ताले ३.९८ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि माइखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५१ प्रतिशतका दरले गुमाएका छन् भने सिटिजन्स म्युचुअल फन्ड २ का लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् ।
















