Dhulikhel Eco Banner new

राजु पाण्डे कुलमान घिसिङलाई पछि पार्दै अग्रस्थानमा

10.4K
shares

काठमाडौं, २२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजु पाण्डेले अग्रता कायम राखेका छन्। हालसम्म सार्वजनिक मतपरिणामअनुसार, पाण्डेले ११,१३८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ६,६९९ मत प्राप्त गरेका छन्।

यसरी पाण्डे घिसिङभन्दा ४,४३९ मतान्तरले अगाडि छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका रमेश अर्यालले ३,८९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयालले १,९४४ मत पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीका नीरज लामाले २६७ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दरराम बोहराले ४६५ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका सुवास घिसिङले २१९ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर ३ मा कुल ६४,४७९ मतदाता रहेका थिए, जसमा ४३,७८१ मत खसेको थियो।