अमरेश सिंहले गगन थापालाई पछि पार्दै अग्रता
वि.सं.२०८२ फागुन २२ शुक्रवार १४:५९
8.75K
shares
shares

काठमाडौं, २२ फागुन । सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन कुमार थापालाई पछि पार्दै अग्रता लिएका छन्।
प्रारम्भिक नतिजाअनुसार, अमरेशले १,२३९ मत पाएका छन् भने थापाले ७६८ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारहरूमध्ये जनमत पार्टीका राकेश मिश्राले २५० मत पाएका छन्। नेकपा एमालेका अमनिश कुमार यादवले १९९ मत पाएका छन् भने नेकपा उम्मेदवार डा. रजनिश रायले १८ मत प्राप्त गरेका छन्। जसपा उम्मेदवार रामेश्वर राय यादवले दुई मत पाएका छन्।















