Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.02K
shares

काठमाडौं, १ चैत । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४५ अंकले बढेर २,८२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ३२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सोलु हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने होटल फरेस्टका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, ग्रिनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् भने अभियान लघुवित्तका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले कमाएका छन् ।