बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८२ चैत ५ बिहीवार ०९:२२
shares

काठमाडौं, ५ चैत । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको प्रथम चरणको आईपीओ अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले चैत १ गतेदेखि आईपीओ निष्काशन सुरु गरेको हो। यस अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको १ लाख ४ हजार कित्ता शेयरमा आज चैत ५ गतेसम्म मात्रै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कुल निष्काशनमध्ये कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० लाख ४० हजार कित्ता शेयर पनि जारी गरेको छ। प्रभावित क्षेत्रका बासिन्दाले भने चैत १५ गतेसम्म आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।


















