Dhulikhel Eco Banner new

प्रलोभनमा परेर कम्बोडिया पुगेका २० नेपाली सुरक्षित स्वदेश फिर्ता

2.69K
shares

काठमाडौं, ५ चैत । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ। प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा सुरक्षित रूपमा नेपाल फर्काइएको हो।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्र, ठगीमा संलग्न क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा लगाइएका थिए। केही व्यक्तिहरू भने भिसाविनै बसिरहेको अवस्थामा भेटिएका थिए। दूतावासको सक्रिय पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार सम्भव भएको हो।

उद्धार गरिएका नेपालीहरूलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए०, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको थियो। उनीहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

यसबीच कम्बोडियामा नेपालीहरूको आवागमन उल्लेख्य रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने सन् २०२२ मा यो संख्या १,९७७ पुगेको थियो। सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ नेपाली कम्बोडिया पुगेका छन्।

दूतावासले आकर्षक आम्दानीको प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता मुलुकमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।