शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत ५ बिहीवार १६:००
shares

काठमाडौं, ५ चैत । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६४।६९ अंकले बढेर २८७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन २१ अर्ब २२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा त्यसैगरी नेपाल लाइफ समृद्धि लगनी योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले ४.३५ प्रतिशतका दरले गुमाएका छन् भने महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि ७५ एनआईसी एशिया डिबेन्चरका लगानीकर्ताले २.१७ प्रतिशतका दरले गुमाएका छन् भने ९.५५ मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चरका लगानीकर्ताले १.९७ प्रतिशतका दरले गुमाएका छन् ।


















