Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.5K
shares

काठमाडौं, ९ चैत । लुम्बिनी विकास बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

बैंकले प्रकाशित सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा न्यूनतम स्नातक (ब्याचलर) तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, आवेदकको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी चैत १८ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।