Dhulikhel Eco Banner new

इटहरी रोटरीमा नयाँ नेतृत्व

6.29K
shares

सुनसरी, १७ आसर । इटहरी रोटरीमा नयाँ नतेत्व आएका छन् । अध्यक्षमा (संयोग) पराजुली र सचिबमा चेतन धमला सर्बसम्मत चयन भएका छन् ।

यसैगरि रोटरी क्लब अफ इटहरी युगलको अध्यक्षमा बिनोद पौडेल र सचिबमा दिक्षा कार्की चयन भएका छन् ।

रोटरीको नया बर्ष जुलाइ फष्टबाट हुने गर्दछ र जुलाइ फष्टमा हरेक बर्ष नेतृत्व पनि परिर्बतन हुने गर्दछ । यही नियम अनुसार आज जुलाइ फष्ट देखि बिश्वभरिनै एकैसाथ रोटरीको नेतृत्व परिर्बतन भएको छ । रोटा बर्ष २०२२,२३ का लागि रोटरी क्लब अफ इटहरीको

इटहरीका रोटरीयनहरुले इटहरीको वडा नं १५ मा बृक्षारोपण समेत गरेका छ ।

रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा आज इटहरी १५ को शम्भुनाथ माबी अगाढीको सडकको दुबै किनारमा आप र असोकका करिब ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा इटहरी १५ का वडा अध्यक्ष जय नारायण चौधरी, इटहरी उपमहानगरपालीकाका बाताबरण अधिकृत पुष्पनारायण चौधरी, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, रोट्रयाक क्लब अफ इटहरी र सुनसरीका सदस्य, इन्ट्याक्ट क्लब एस ओ एसका सदस्य र स्थानीय गरि सय जना भन्दा बढीको सहभागिता थियो ।