Dhulikhel Eco Banner new

शतप्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाइने

5.51K
shares

काठमाडौं, १७ असार । नेपाली बीमा कम्पनीहरुले शत प्रतिशत पुनर्बीमा नेपाल मै गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुले पूर्ण रुपमा नेपालमै पुनर्बीमा गर्न पाउने भएका हुन् ।

समितिले शुक्रबार जारी गरेको नयाँ व्यवस्था अनुसार सरकारले तोकेको प्रत्यक्ष हिस्सा कुनै पनि पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्न पाउने छैनन् । यसका साथै नेपाली पुनर्बीमा कम्पनीहरुले बीप्लस रेटिङ कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउने बीमा समितिका कार्यकारी निर्देशक राजरमण पौडेलले जानकारी दिए ।