एकदिन पनि टिकेन नेप्सेमा हरियाली, आज ८ अंकको गिरावट
वि.सं.२०७९ असार १७ शुक्रवार १३:३५
5.42K
shares
shares

काठमाडौं, १७ असार । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ८ दशमलव ८७ अंकले घटेको छ ।
हिजो ७४ अंकले बढेको नप्से परिसुचक आज –शुक्रबार भने शून्य दशमलव ४४ प्रतिशतले घटेर २०२८ दशमलव ७७ बिन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव १७ अंकले घटेको छ । दिनभर भएका २८ हजार ८ सय ६४ कारोबारबाट २२० कम्पनीका ३६ लाख ६३ हजार १सय १० कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट कारोकार रकम १ अर्ब ४५ करोड ९३ लाख १ हजार ३ सय ८८ पुगेको छ ।

















