Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’ सम्पन्न, ४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

2.13K
shares

काठमाडौं, ११ चैत । एनआईसी एशिया बैंक ले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको उक्त अभियानबाट देशभरका ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् ।

नेपाल राष्ट्र बैंक को राष्ट्रिय संयोजनमा सम्पन्न ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत बैंकका सातै प्रदेशमा रहेका विभिन्न शाखाहरुले स्थानीय विद्यालय तथा कलेजहरुमा पुगेर वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।

बैंकका अनुसार अभियान अन्तर्गत एक हप्तामा ६७ भन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो । ती कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरुलाई वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकासमा केन्द्रित प्रशिक्षण तथा अन्तर्क्रिया सञ्चालन गरिएको जनाइएको छ ।

यसैगरी, बैंकले वित्तीय साक्षरता र जनचेतना अझ व्यापक बनाउन विभिन्न सूचनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि प्रसारण गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सञ्चालन गरिएको उक्त अभियानले बालबालिका, विद्यार्थी तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र सचेतनामा उल्लेखनीय वृद्धि भएको बैंकले विश्वास व्यक्त गरेको छ ।