Dhulikhel Eco Banner new

सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको आईपीओ नेप्सेमा सूचीकृत

2.25K
shares

काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेन्जमा सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बिहीबार नेप्सेमा सूचीकृत भएको कम्पनीको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गरिएको हो।

नेप्सेले कम्पनीलाई ‘SKHEL’ प्रतीक (सिम्बोल) प्रदान गरेको छ। पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य न्यूनतम ९४ रुपैयाँ ७७ पैसा देखि अधिकतम २८४ रुपैयाँ ३१ पैसा सम्मको ओपनिङ रेञ्ज निर्धारण गरिएको छ।

नेप्सेका अनुसार उक्त रेञ्जभित्र कम्पनीको पहिलो शेयर कारोबार चैत १५ गते विशेष प्रि(ओपन सेसनमार्फत हुने जनाएको छ।

आईपीओ सूचीकृत भएसँगै अब लगानीकर्ताहरूले दोस्रो बजारमा ‘SKHEL’ प्रतीकमार्फत कम्पनीको शेयर खरिद–बिक्री गर्न सक्नेछन्।