Dhulikhel Eco Banner new

ओली रिहाइको मागमा एमालेको आन्दोलन घोषणा, आजैदेखि प्रदर्शन

2.22K
shares

काठमाडौं, १४ चैत । केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले ले कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न माग गर्दै देशव्यापी रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

पार्टीले आजैदेखि विरोधका कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। जसअनुसार आज अपराह्न ३ बजे देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ।

यस्तै, भोलि (चैत १५ गते) दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

बैठकले आम जनसमुदाय र नागरिक समाजको सहभागितामा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ। साथै लोकतन्त्र र कानुनी राज्यको पक्षमा रहेका अन्य राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकसँग संवाद र सहकार्य गर्ने रणनीति पनि एमालेले अघि सारेको छ।

एमालेले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदमको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।