Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ८ कम्पनीका लगानीकर्ता बने मालामाल

1.48K
shares

काठमाडौं, २३ चैत । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ८३.३३ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १० अर्ब ९२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिदी पावर र नेशनल हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रोपावर, होटल फरेस्ट इनका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।