Dhulikhel Eco Banner new

श्रम मन्त्रालयद्वारा सामाजिक सुरक्षा सुनिश्चित गर्न आग्रह

2.38K
shares

काठमाडौं, २३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै रोजगारदातालाई श्रमिकलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी र संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी लगायत विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाएको उजुरी तथा गुनासो बढेको जनाएको छ।

यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले प्रचलित कानुनअनुसार श्रमिकका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई आग्रह गरेको हो। श्रम ऐन, २०७४ अनुसार कामदारले न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बिमा लगायतका सुविधा पाउनु पर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयले न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाबाट वञ्चित गरिएका प्रतिष्ठानलाई कानुनी कारबाहीको चेतावनी दिँदै सम्बन्धित निकाय र सरोकारवालालाई कानूनको पालना गर्न अपिल गरेको छ।