Dhulikhel Eco Banner new

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

1.96K
shares

काठमाडौं, २४ चैत । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

उनीहरूले आजै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए। सरकारले उनीहरूलाई २०८१ साल वैशाख २० गतेदेखि लागू हुने गरी दुई वर्षका लागि नियुक्त गरेको थियो।

तर, कार्यकाल बाँकी रहँदै उनीहरूले पदबाट राजीनामा दिएका हुन्।