Dhulikhel Eco Banner new

नागढुङ्गा सुरुङमार्ग प्रयोग शुल्क निर्धारण, सवारीअनुसार फरक–फरक दर लागू

780
shares

काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्क दर सार्वजनिक गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सुरुङमार्ग प्रयोगबापत दस्तुर लिने व्यवस्था लागू गरिएको जनाएको हो ।

मन्त्रालयका अनुसार सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि अहिले राजपत्रमा सूचना प्रकाशित गरी आधिकारिक रूपमा शुल्क दर सार्वजनिक गरिएको हो ।

प्रकाशित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी साधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । यस्तै मिनी बस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने क्रममा ८० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी बस तथा ट्रक (सिङ्गल रियर एक्सल) वर्गका सवारीसाधनका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मल्टी एक्सल ट्रक, ठूला सवारी तथा भारी उपकरणका लागि भने प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको छ ।