Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

1.03K
shares

काठमाडौं, २७ चैत । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार पुस ७ गते सम्पन्न २१औं वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा सूचीकृत तथा दर्ता भइसकेको छ। अब यो बोनस शेयर अभौतिक (डिम्याट) प्रणालीमार्फत किनबेच गर्न सकिने व्यवस्था गरिएको छ।

मंसिर २२ गतेसम्म आफ्ना शेयर अभौतिकीकरण गराइसकेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित डिम्याट खातामा जम्मा भइसकेको बैंकले जनाएको छ। सो मितिपछि अभौतिकीकरण गर्ने शेयरधनीहरूको बोनस शेयर भने क्रमशः खातामा जम्मा गरिनेछ।

बैंकले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूलाई तत्काल आफ्नो शेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। डिम्याट नगरेसम्म बोनस शेयर प्राप्त गर्न नसकिने बैंकले स्पष्ट पारेको छ।

त्यसैगरी, मंसिर २२ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखी डिम्याट खातामा जम्मा गरिने बताइएको छ। कर्जा भुक्तानी गरिसकेका शेयरधनीहरूलाई भने सम्बन्धित संस्थामा सम्पर्क गरी रोक्का फुकुवा गर्न अनुरोध गरिएको छ।