Dhulikhel Eco Banner new

राष्ट्र बैंकमा दुई कार्यकारी निर्देशक नियुक्त

3.71K
shares

काठमाडौं, २७ चैत । नेपाल राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेका दुई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा पदपूर्ति गरेको छ।

राष्ट्र बैंकले बैंकिङ विभागमा कार्यरत हिमप्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।

नियुक्त भएका सापकोटा २०५३ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका थिए भने न्यौपाने २०५९ सालमा बैंकमा आबद्ध भएका हुन्। हाल सापकोटा आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत छन् भने न्यौपाने बैंकिङ विभागमा कार्यरत छन्।

राष्ट्र बैंकले प्रशासन सेवाको नेतृत्व सुदृढ बनाउने उद्देश्यले यी पदहरूमा नियुक्ति गरेको जनाएको छ।