Dhulikhel Eco Banner new

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले आईपीओ जारी गर्ने

2.43K
shares

काठमाडौं, २९ चैत । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।

साधारणसभाले कम्पनीको चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ। त्यस्तै, सभाले ६ जना सञ्चालकलाई निर्विरोध रूपमा चयन गरेको छ। कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ।

होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले इन्द्रेणी मशरुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएको छ।