शेयर बजारमा २३६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:०८
shares

काठमाडौं, ३ वैशाख । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.८३ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३१ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.४७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी भुगोल इनर्जीका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका छन् भने भुजुुङ हाइड्रोपावरका लगानीकर्ताले ७.३९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ४.५० प्रतिशतका दरले गुमाएका छन् ।

















