हिमालयन हाइड्रोपावरको आईपीओमा करिब २ अर्बको आवेदन
वि.सं.२०७९ असार १९ आइतवार १८:१८
shares

काठमाडौं, १९ असार । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा १० गुणा बढी आवेदन परेको छ । १५ असारदेखि बिक्री खुल्ला गरेको कम्पनीको आईपीओमा १० गुणा बढी र करिब २ अर्ब रुपैयाँको आवेदन परेको हो ।
आवेदन दिने अन्तिम दिनसम्ममा १६ लाख २६ हजार ४३० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई खुल्ला गरिएको थियो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् ।


















