Dhulikhel Eco Banner new

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड

1.26K
shares

काठमाडौं, ६ वैशाख । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।

कम्पनीले चैत ८ गतेदेखि चैत २३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएका योग्य आवेदकहरूलाई आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत शेयर बाँडफाँड गरिएको हो। कम्पनीका अनुसार स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको र प्रक्रिया नियमानुसार सम्पन्न गरिएको जनाएको छ।

आईपीओ बाँडफाँडपछि अब सम्बन्धित आवेदकहरूले आफ्नो डिम्याट खातामा शेयर प्राप्त गर्नेछन्। साथै, बाँडफाँडको नतिजा बिक्री प्रबन्धक तथा सम्बन्धित निकायको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।

यस आईपीओमार्फत स्थानीय बासिन्दालाई आयोजना प्रत्यक्ष लाभ दिने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।