नेपालमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि, ९ महिनामै ३३ अर्बभन्दा बढी भित्रियो
वि.सं.२०८३ वैशाख ८ मंगलवार १३:५२
shares

काठमाडौं, ८ वैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्।
यस अवधिमा कुल १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका १५ लाख ८४ हजार थान स्मार्टफोन आयात भएका थिए।
तुलनात्मक रूपमा हेर्दा यस वर्ष स्मार्टफोन आयातको संख्यामा करिब ९० हजार थानले वृद्धि भएको छ भने मूल्यका आधारमा झण्डै साढे ८ अर्ब रुपैयाँले बढेको देखिन्छ। यसले नेपाली बजारमा महँगा तथा आधुनिक स्मार्टफोनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको संकेत गर्दछ।


















