Dhulikhel Eco Banner new

हायात प्लेस बुटवलमा नयाँ वर्ष २०८३ को भव्य स्वागत, बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशन सम्पन्न

559
shares

काठमाडौं, ६ वैशाख । बुटवलस्थित हायात प्लेस बुटवल मा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ।

चैत ३० गते आयोजित उक्त कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको सहभागिता रहेको थियो। होटलको स्विमिङ पुल परिसरमा खुल्ला आकाशमुनि आयोजना गरिएको कार्यक्रममा आकर्षक सजावट तथा रङ्गीचङ्गी बत्तीहरूले विशेष माहोल सिर्जना गरेको थियो।

कार्यक्रमको सुरुवात नृत्य प्रस्तुतिबाट भएको थियो। त्यसपछि चर्चित ब्यान्ड कुटुम्बले आफ्ना मौलिक धुनहरू प्रस्तुत गर्दै वातावरणलाई संगीतमय बनाएको थियो। त्यसपश्चात गायक नवीन के भट्टराईले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरू उत्साहका साथ सहभागी भएका थिए।

कार्यक्रममा सहभागी पाहुनाहरूले विभिन्न स्वादिला परिकार तथा पेय पदार्थको पनि आनन्द लिएका थिए। मध्यरातमा काउन्टडाउनसँगै नयाँ वर्ष २०८३ लाई औपचारिक रूपमा स्वागत गरिएको थियो।

होटल व्यवस्थापनका अनुसार, यस प्रकारका कार्यक्रमहरूले बुटवललाई सांगीतिक तथा मनोरञ्जनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुगेको छ।