सामसङ नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक
वि.सं.२०८३ वैशाख ६ आइतवार १६:३०
shares

काठमाडौं, ६ वैशाख । सामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। उक्त अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले परिवार र राष्ट्रका लागि खेलेको महत्वपूर्ण भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीका अनुसार यस अभियानमार्फत प्रविधिको प्रयोगद्वारा परिवारबीचको सम्बन्ध अझ मजबुत बनाउने तथा दैनिक जीवनलाई सहज र अर्थपूर्ण बनाउने उद्देश्य राखिएको छ। सामसङका कृत्रिम बौद्धिकता (एआई)–सक्षम उपकरणहरूले प्रयोगकर्तालाई स्मार्ट तथा आपसमा जोडिएको अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
अभियानअन्तर्गत “सामसङ रेमिट सुविधा” नामक विशेष पहल पनि सुरु गरिएको छ, जुन वैशाख १२ ९अप्रिल २४० देखि लागू हुने जनाइएको छ। यस पहलले रेमिटेन्समा निर्भर परिवारलाई लक्षित गर्दै विभिन्न सुविधा प्रदान गर्नेछ।
यसका लागि आईएमई रेमिट, एनसेल, खल्ती (आईएमई अन्तर्गत) र हुलास फिन सर्भ लिमिटेडसँग सहकार्य गरिएको छ। सहकार्यअन्तर्गत सामसङका उत्पादन खरिदमा एनसेल रिचार्जमा अतिरिक्त डाटा, २४ महिनासम्मको किस्ताबन्दी सुविधा तथा खल्तीमार्फत नगद फिर्ता जस्ता लाभहरू उपलब्ध गराइनेछन्।
कम्पनीले यो सुविधा विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूलाई लक्षित गरिएको जनाएको छ। साथै, आधिकारिक उत्पादन प्रयोगमार्फत दीर्घकालीन विश्वसनीयता, वारेन्टी तथा सहज प्रणालीगत अनुभव प्राप्त गर्न सकिनेमा जोड दिइएको छ।
नेपालको अर्थतन्त्रमा रेमिटेन्सको महत्वपूर्ण योगदानलाई ध्यानमा राख्दै सामसङ नेपालले उक्त अभियानमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणका प्रमुख आधारका रूपमा सम्मान गरेको जनाएको छ।



















