Dhulikhel Eco Banner new

युनियन हाइड्रोपावरको विशेष साधारण सभाबाट १:१ हकप्रद शेयर पारित

598
shares

काठमाडौं। युनियन हाइड्रोपावर लिमिटेड (यूएनएचपीएल) ले आइतबार सम्पन्न विशेष साधारण सभाबाट १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। ललितपुरको घोबिघाटस्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको सभाले कम्पनीको पूँजी विस्तार गर्ने योजनालाई औपचारिक स्वीकृति दिएको हो।

सभामा उपस्थित शेयरधनीहरूले हाल कायम चुक्ता पूँजीको आधारमा प्रत्येक १ कित्ता बराबर १ कित्ता नयाँ शेयर जारी गर्ने प्रस्तावलाई अनुमोदन गरेका छन्। यससँगै कम्पनीले आगामी दिनमा नियामक निकायबाट आवश्यक स्वीकृति लिएर हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने स्पष्ट संकेत दिएको छ। कम्पनीको दीर्घकालीन लगानी तथा आयोजना विस्तारका लागि थप पूँजी जुटाउने उद्देश्यले यो कदम चालिएको बुझिएको छ।

यस्तै, विशेष साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ। सम्भावित रूपमा कम्पनीको नाम परिवर्तन गर्ने र व्यवसायिक उद्देश्यहरू थप विस्तार गर्ने एजेन्डा पनि सभाबाट स्वीकृत गरिएको छ, जसले कम्पनीलाई आगामी दिनमा विविध क्षेत्रमा विस्तार हुन सहज बनाउने अपेक्षा गरिएको छ।