Dhulikhel Eco Banner new

सरकारले पुनः बढायो सार्वजनिक सवारीसाधनको भाडा

1.4K
shares

काठमाडौं, १६ वैशाख । इन्धन मूल्यवृद्धिको असरपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पुनः समायोजन गरेको छ।

विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा ५–५ प्रतिशतका दरले भाडा बढाएको हो। नयाँ भाडादर बुधबारदेखि लागू भएको विभागले जनाएको छ।

पहाडी मार्गमा चल्ने मालवाहक तथा तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा पनि समान दरले भाडा वृद्धि गरिएको छ।

यसअघि चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १२ वैशाखको सहमतिपछि पुनः भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५।८३ रुपैयाँ पुगेपछि भाडा समायोजन गर्नुपरेको विभागको भनाइ छ। विद्युतीय सवारीसाधनमा भने भाडा वृद्धि लागू नहुने र लागू गरेको पाइए कारबाही हुने चेतावनी समेत विभागले दिएको छ।