दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८३ वैशाख १६ बुधवार १५:१६
shares

काठमाडौं, १६ वैशाख । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २५.८१ अंकले घटेर २,७४४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९५ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.२२ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी नेपाल लाइफ समृद्धि लगनी योजनाका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले कमाएका छन् भने आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चरका लगानीकर्ताले ३.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनआईसी एशिया ग्रोथ फन्ड(२का लगानीकर्ताले २.९५ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.६६ प्रतिशतका दरले कमाएका छन् ।


















