Dhulikhel Eco Banner new

सन नेपाल लाइफको सहकार्यमा इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट हुँदै

1.12K
shares

काठमाडौं, १७ वैशाख । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।

आयोजकका अनुसार प्रतियोगिता मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट क्षेत्रका १२ टोली सहभागी हुनेछन्।

सहभागी टोलीहरूमा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्री रहेका छन्।

मुख्य प्रायोजक सन नेपाल लाइफ इन्स्योरेन्सको सहकार्यले प्रतियोगितालाई अझ सशक्त बनाएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत कर्पोरेट क्षेत्रबीच सहकार्य, आपसी सम्बन्ध विस्तार तथा खेलकुदमार्फत कार्य–जीवन सन्तुलन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोजकका अनुसार यो प्रतियोगिता खेलकुदभन्दा पर साझा उद्देश्यका लागि कर्पोरेट क्षेत्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।