Dhulikhel Eco Banner new

समाजसँगको सम्बन्ध नै मेरो शक्ति होः सांसद पौडेल

1.17K
shares

काठमाडौं, १७ वैशाख । तमु धिं नेपाल केन्द्रीय समितिद्वारा आयोजित बधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेल सहभागी भएका छन्।

कार्यक्रममा सहभागी हुँदै सांसद पौडेलले आफूलाई प्रदान गरिएको सम्मान र आत्मीयताप्रति आभार व्यक्त गरे। उनले तमु धिं नेपाललाई केवल एउटा संगठन नभई गुरुङ समुदायको सामाजिक सद्भाव, संस्कृति र पहिचानको संरक्षण गर्ने महत्वपूर्ण संस्था भएको उल्लेख गरे।

उनले समाजले दिएको अपनत्व र विश्वास नै आफ्नो लागि “वास्तविक शक्ति” भएको बताउँदै भने, राजनीतिमा पद र ओहोदा आउने–जाने भए पनि जनतासँगको सम्बन्ध स्थायी रहने धारणा राखे।

सांसद पौडेलले आफूलाई कास्की–२ का जनप्रतिनिधिका रूपमा मात्र नभई समुदायको एक सदस्यका रूपमा समेत जिम्मेवार महसुस गरेको उल्लेख गर्दै आगामी दिनमा सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उनले तमु धिं नेपाल केन्द्रीय समिति तमु धिं नेपालप्रति उच्च सम्मान व्यक्त गर्दै यस संस्थाको सामाजिक योगदानको प्रशंसा गरे। साथै, प्राप्त सम्मानलाई उनले थप जनसेवाका लागि ऊर्जा र प्रेरणाको रूपमा लिएको बताए।

कार्यक्रममा उपस्थित सहभागीहरूले सांसद पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।