प्रतितोला ३ हजार ४ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:०५
832
shares
shares

काठमाडौं, १८ वैशाख । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ३ हजार ४ सयले बढेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९२ हजार ७ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९६ हजार १ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य १३५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ८ सय १० रुपैयाँ कारोबार भएको चाँदी शुक्रवार ४ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको हो ।


















