Dhulikhel Eco Banner new

प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

845
shares

काठमाडौं, २० वैशाख । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य १ हजारले घटेको हो ।

महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार १ सयमा कारोबार भएको सुन आइतवार घटेर प्रतितोला २ लाख ९५ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी, आइतवार चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला हजार ९ सय ४५ रुपैयाँमा कायम भएको चाँदी आइतवार ५ हजार १० रुपैयाँमा कायम भएको हो ।