Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

975
shares

काठमाडौं, २३ वैशाख । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य ५ हजार ८ सयले बढेको हो ।

महासंघका अनुसार मंगलवार प्रतितोला २ लाख ९१ हजारमा कारोबार भएको सुन बुधवार बढेर प्रतितोला २ लाख ९६ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कायम भएको चाँदी बुधवार ५ हजार ५५ रुपैयाँमा कायम भएको हो ।