Dhulikhel Eco Banner new

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ शैक्षिक योग्यता ?

1.21K
shares

काठमाडौं, २३ वैशाख । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको छ। बैंकले कोशी प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने क्रममा विभिन्न शाखाका लागि दक्ष जनशक्ति आवश्यक भएको जनाएको छ।

बैंकका अनुसार बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको संस्थाले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि कुल ४ जना गोल्ड टेस्टर माग गरेको हो।

उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइई उत्तीर्ण तोकिएको छ। सुन तथा गहना मूल्याङ्कनसम्बन्धी प्राविधिक तालिम लिएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा दुई वर्षको अनुभव अनिवार्य गरिएको छ।

बैंकले सुन परीक्षण, गहना तथा बहुमूल्य धातुको मूल्याङ्कनमा व्यवहारिक ज्ञान भएका, आधारभूत कम्प्युटर सीप र अभिलेख व्यवस्थापनमा दक्ष, राम्रो संवाद क्षमता तथा टिमवर्क गर्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

इच्छुक उम्मेदवारले आवेदनपत्रसहित अद्यावधिक बायोडाटा, पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, अनुभव प्रमाणपत्र तथा शैक्षिक योग्यताका कागजात संलग्न गरी आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति २०८३ जेठ ६ गते तोकिएको छ।