विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ वैशाख २४ बिहीवार १४:०४
1.63K
shares
shares

काठमाडौं, २४ वैशाख । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्री खुला गरेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १० हजार ८३२ कित्ता शेयर बिक्रीमा राखिएको हो ।
उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाका विद्यमान संस्थापक शेयरधनीलाई दिइएको छ। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिन चाहनेले संस्थाको केन्द्रीय कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न सक्ने जनाइएको छ।
















