Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार रकम

1.33K
shares

काठमाडौं, २४ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.९४ अंकले बढेर २,७१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.१९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२४ प्रतिशतका दरले गुमाएका छन् ।