सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २४ बिहीवार १५:१२
shares

काठमाडौं, २४ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.९४ अंकले बढेर २,७१८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ९३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा स्वाभीमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.१९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन श्रिजनशिल लघुवित्तका लगानीकर्ताले ४.२९ प्रतिशतका दरले कमाएका छन् भने पियोर इनर्जीका लगानीकर्ताले ४.२४ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी त्रिशुली जलविद्युतका लगानीकर्ताले ३.८५ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन ८०–२० का लगानीकर्ताले ३.३७ प्रतिशतका दरले कमाएका छन् ।
















