Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

1.61K
shares

काठमाडौं, ३ जेठ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी बिनोद कुमार अग्रवालको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिइएको कम्पनीले जनाएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय भक्तपुरको लोकन्थलीमा लिखित जानकारी गराउनु पर्ने जनाएको छ।

कम्पनीले तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिद सम्बन्धी कुनै आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम सर्वसाधारणमा शेयर बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको छ।