सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र सजिलो इएमआइ सुविधा
वि.सं.२०८३ जेठ १४ बिहीवार १४:०८
shares

काठमाडौं, १४ जेठ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु ग्यालेक्सी” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सजिलै अपग्रेड गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो योजनामार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सजिलो किस्ता सेवाको लाभ लिन सक्नेछन्। अभियानअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ता सुविधा पनि पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो मोबाइल दिएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस पाउने व्यवस्था गरिएको सामसङले जनाएको छ।
सामसङले विभिन्न मोडेलमा निश्चित छुटसमेत उपलब्ध गराएको जनाएको छ। ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस, एस २६ प्लसमा २३ हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ बोनस, एस २६ मा १० हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ बोनस र ग्यालेक्सी ए ५७ र ए ३७ मोडेलमा ५–५ हजार रुपैयाँ छुट तथा ५–५ हजार रुपैयाँ एक्सचेन्ज बोनस दिइने कम्पनीले जनाएको छ ।
सामसङका अनुसार यस अफरसँगै एनसेलको बोनस डाटा सुविधा पनि उपलब्ध हुनेछ। एस २६ सिरिज खरिद गर्ने ग्राहकहरूले न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १५ जीबी बोनस डाटा पाउनेछन् भने १२ पटक रिचार्ज गर्दा कुल १८० जीबी डाटा प्राप्त हुनेछ। त्यसैगरी ए ५७, ए ३७, ए १७ र एम १७ मोडेलमा २९९ रुपैयाँको प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १० जीबी बोनस डाटा उपलब्ध हुनेछ भने १२ पटक रिचार्ज गर्दा कुल १२० जीबी डाटा पाइने कम्पनीले जनाएको छ।
सामसङका अनुसार नयाँ ग्यालेक्सी एस २६ सिरिज कम्पनीको नवीनतम फ्ल्यागशिप स्मार्टफोन हो जसमा शक्तिशाली परफर्मेन्स, उन्नत एआई आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ। साथै ग्यालेक्सी ए ५७ र ए ३७ फाइभ–जी मोडेलमा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स र आकर्षक डिजाइन उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
यो अफर मे २७ देखि जुन ३० सम्म देशभरका आधिकारिक सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ। कम्पनीले ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकको सामसङ स्टोरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस अफरमा नियम तथा सर्त लागू हुने कम्पनीले जनाएको छ।
















