Dhulikhel Eco Banner new

क्याबिनेटबाट बजेट पारित, अर्थमन्त्री वाग्ले संसदतर्फ प्रस्थान

3.9K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३\८४ को बजेट मन्त्रिपरिषदबाट पारित गराउन अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयतर्फ प्रस्थान गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री वाग्लेले संघीय संसदबाट बजेट वक्तव्य प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति लिने संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको हो ।