Dhulikhel Eco Banner new

यस बर्षको बजेट नेपाली कागजको फाइलमा

2.59K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । यसपटक भने उनले नयाँ सुरुवात गरेका हुन् ।

उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् ।

उनले आर्थिक सर्वेक्षण पनि नेपाली कागजको रङको आवरणमा तयार पारेका थिए । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।