Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

663
shares

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो हातमा रहेको ठूलो परिमाणको शेयर बिक्री गर्ने निर्णय गरेका छन् । धरान, सुनसरीमा केन्द्रीय कार्यालय रहेको यस ‘ख’ वर्गीय बैंकका संस्थापक सुनिल श्रेष्ठले ६८ हजार ८ सय ५० कित्ता संस्थापक शेयर बेच्न चाहेको जानकारी बैंक प्रशासनलाई दिएका छन् ।

श्रेष्ठको निवेदन सञ्चालक समितिको बैठकमा पुगेपछि बैठकले नियमानुसार बिक्री प्रक्रिया अघि बढाउने हरियो झण्डा देखाएको छ । नेपाल राष्ट्र बैंकको प्रचलित नियमले संस्थापक शेयर बिक्री हुँदा पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई नै दिनुपर्ने व्यवस्था गरेको छ, त्यसैले बैंकले यो सूचना सार्वजनिक गरेको हो ।

शेयर खरिदमा इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात र चाहिएको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, धरान–१२, सुनसरी वा शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा बुझाउन सकिनेछ ।

तोकिएको समयसीमाभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदको आवेदन नआएमा भने संस्थापकबाहिरका व्यक्तिलाई पनि शेयर बिक्री गर्ने बाटो खुल्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।