प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ जेठ २१ बिहीवार ११:१५
767
shares
shares

काठमाडौं, २१ जेठ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
फाइनान्सका अनुसार उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिए पनि उनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाइएको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको प्रचलित निर्देशनबमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्नेछन्।
















